सोमवार, कार्तिक ९ गते २०८३

वर्षाले डगमगायो यातायात: राजमार्गहरू अस्तव्यस्त, कृष्णभीर क्षेत्रमा फेरि त्रास

शुक्रवार , आश्विन ९, २०८३

वर्षाले डगमगायो यातायात: राजमार्गहरू अस्तव्यस्त, कृष्णभीर क्षेत्रमा फेरि त्रास

​काठमाडौँ।

नेपालका अधिकांश भूभागमा भइरहेको निरन्तरको झरीका कारण राजधानी काठमाडौँलाई बाँकी जिल्लासँग जोड्ने प्रमुख सडक सञ्जालहरू अस्तव्यस्त बनेका छन्। बाढी र पहिरोका कारण देशका २४ भन्दा बढी जिल्लाका मुख्य सडक सम्पर्क विच्छेद हुने अवस्थामा पुगेका छन्।

​विशेष गरी भोटेकोशी र त्रिशूली नदीको सतह बढेपछि केही दिनअघि मात्रै खुलाइएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड पुनः सङ्कटमा परेको छ। स्थानीय बेनीघाट रोराङ-७ का वडाध्यक्ष बस्नेतका अनुसार सडक अड्याउन राखिएको जाली नै खसेको र माथिबाट निरन्तर खसिरहेको लेदोका कारण मर्मत कार्य जोखिमपूर्ण बनेको छ।

​गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) ले दिएको जानकारी अनुसार बाग्मती प्रदेशमा १०, कोशीमा २ र लुम्बिनीमा २ गरी कम्तीमा १४ प्रमुख राजमार्ग पूर्ण रूपमा थप्प छन्। कान्ति लोकपथ, बीपी राजमार्ग, नारायणगढ-मुग्लिन र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा सडक भासिएकाले सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

​मौसम पूर्वानुमान महाशाखाका अनुसार यो झरी आइतबारसम्म जारी रहनेछ भने सोमबारबाट मात्र मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न गृह मन्त्रालयले अनुरोध गरेको

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार