आइतवार, कार्तिक ८ गते २०८३
प्रतियोगिताका खेलहरू काठमाडौँस्थित टियु क्रिकेट मैदान (कीर्तिपुर) र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता: आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने

प्रतियोगिताका खेलहरू काठमाडौँस्थित टियु क्रिकेट मैदान (कीर्तिपुर) र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने

शुक्रवार , कार्तिक ६, २०८३

काठमाडौँ —

नेपाली खेलकुद क्षेत्रका लागि एक ऐतिहासिक र गौरवपूर्ण समाचार प्राप्त भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले आगामी डिसेम्बर महिनामा आयोजना हुने 'आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ' (Qualifier Play-Off) प्रतियोगिताको आयोजना अधिकार औपचारिक रूपमा नेपाललाई प्रदान गरेको छ।

हिजो (२०२६ अक्टोबर २२ / २०८३ कात्तिक ५ गते, बिहीबार) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को निर्णय अनुसार नेपाल क्रिकेट सङ्घ (CAN) ले प्रेस विज्ञप्ति जारी गरी नेपाललाई आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आयोजनाको अधिकार प्राप्त भएको औपचारिक जानकारी गराएको हो।

​यस प्रतियोगितामा घरेलु टोली नेपालसहित संयुक्त अरब इमिरेट्स (UAE), नामिबिया, क्यानडा लगायत विश्वका उत्कृष्ट ८ एशोसिएट टोलीहरूले विश्वकपमा छनोट हुने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरू काठमाडौँस्थित टियु क्रिकेट मैदान (कीर्तिपुर) र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

​विश्वस्तरीय क्रिकेट प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएसँगै नेपाल क्रिकेट संघ (CAN) ले तयारी थालेको छ। क्यानले दुवै मैदानको स्तरोन्नति, पिच निर्माण, प्यारापेट व्यवस्थापन र प्राविधिक तयारीका कामहरू हिजोदेखिनै दु्रत गतिमा अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार