ललितपुर — पैदलयात्री तथा अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि ललितपुर महानगरपालिकाले कुसुन्ती हाइटमा यात्रुवाहक लिफ्ट जडान गरिएको आकाशे पुल निर्माण कार्य अगाडि बढाएको छ।

ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकाहरूलाई सुरक्षित रूपमा बाटो काट्न सहयोग पुग्ने गरी बनाउन लागिएको यो आधुनिक पूर्वाधार नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल हुनेछ।