झापा — झापाको बाह्रदसी गाउँपालिकास्थित बिरिङ खोला नजिकै बिहानी पैदलयात्रा (मोर्निङ वाक) मा निस्किएकी ७० वर्षीया वृद्धाको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ।
दुईवटा हात्तीले एक्कासि आक्रमण गर्दा अर्का एक वृद्ध गम्भीर घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले वन्यजन्तुको जोखिम उच्च रहेकाले बिहान र साँझको समयमा सतर्क रहन आसपासका बासिन्दाहरूलाई आग्रह गरेको छ।