‘अनलाइन ड्रामनिस्ट’ (Online Dramnist) मा यहाँहरूलाई हार्दिक स्वागत छ!
'अनलाइन ड्रामनिस्ट' संसारभरका सत्य-तथ्य घटना, ताजा समाचार र सत्य सूचनाहरूलाई तपाईंहरू समक्ष पुर्याउने नेपालको एक विश्वसनीय अनलाइन प्लेटफर्म हो। बिहानको चियाको चुस्कीसँगै सुरु हुने तपाईंको दैनिकीलाई सूचनामूलक र उपयोगी बनाउन हाम्रो टोली सधैं तत्पर रहन्छ।
हाम्रो उद्देश्य र प्रतिबद्धता
निष्पक्ष र सत्य समाचार: हामी कुनै पनि व्यक्तिगत स्वार्थ, व्यक्तिगत दुष्मनी, वा दलीय राजनीतिबाट टाढा रहेर पूर्ण रूपमा निष्पक्ष समाचार प्रकाशन गर्छौं।
राष्ट्रिय हित र पहिचान: देश तथा राष्ट्रको सुरक्षा, प्रवर्द्धन र नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु हाम्रो मुख्य ध्येय हो।
तपाईंको विचार र आवाज: संसारको जुनसुकै कुनाबाट पनि तपाईंले यस वेबसाइटमार्फत आफ्ना विचार, भिडियो, फोटो र दैनिक अनुभवहरू हामीसँग सेयर गर्न सक्नुहुन्छ।
प्रत्यक्ष संवाद: पाठकका समस्या र सुझावलाई सम्बोधन गर्न हाम्रा प्रकाशक तथा सम्पादकसँग सोझै अनलाइनमार्फत कुराकानी गर्ने व्यवस्था मिलाएका छौं।
तपाईंको आवाज सुन्न, देश र जनताको हितमा काम गर्न र सत्य सूचना सम्प्रेषण गर्न पत्रकारिताको धर्मलाई जाेगाइ राख्न हाम्रो टोली सदैव तपाईंको साथमा छ।
हामीसँग जोडिनु भएकोमा धन्यवाद!