आइतवार, कार्तिक ८ गते २०८३

मेचीनगरमा लैङ्गिक हिंसा रोकथाम तथा प्राथमिक उपचार विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

शनिवार , आश्विन २४, २०८३

मेचीनगर। लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच (IGBVRN) परियोजना अन्तर्गत मेचीनगरमा विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।

​मेचीनगर नगरपालिका, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा शाखाको आयोजनामा आमा समूहका सदस्यहरू र मेलमिलापकर्ताहरूका लागि 'लैङ्गिक हिंसा, प्रभावित केन्द्रित दृष्टिकोण र मनोसामाजिक प्राथमिक उपचार' सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

​नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा लैङ्गिक हिंसाका घटनाहरूलाई कसरी रोकथाम गर्ने, प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर सेवा तथा सहयोग कसरी पुर्याउने र प्रभावितहरूका लागि मनोसामाजिक प्राथमिक उपचारको महत्त्वबारे जानकारी गराइएको थियो।

​कार्यक्रममा स्थानीय आमा समूहका प्रतिनिधि, मेलमिलापकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार