आइतवार, कार्तिक ८ गते २०८३

कैलालीको धनगढीमा गएराति चट्याङ लागेर एकै परिवारका सात जना घाइते

मंगलवार , आश्विन २०, २०८३

 

धनगढी उपमहानगरपालिका–१७,

 धुर्जन्नास्थित स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिनको खुसीयाली मनाइरहेका बेला नजिकै बज्रपात भएको थियो। चट्याङको झिल्का (करन्ट) शरीरमा लाग्दा छतमा रहेका सातै जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा आरती चौधरी (३५), आयुसरा चौधरी (१७), श्रृष्टी चौधरी (१३), बाग्मती चौधरी (५५), सिसिर चौधरी (७), रेनुका चौधरी (१४) र जानकी चौधरी (३५) घाइते भएका हुन्।

घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। हाल अस्पतालमा उपचाररत सबै घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार