मंगलवार, कार्तिक १० गते २०८३

नेपालमा प्रजातन्त्र स्थापना गर्न कांग्रेसको योगदान अतुलनीय : विभिन्न दलका नेता

आइतवार , आश्विन १८, २०८३

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले मुलुकमा प्रजातन्त्र र लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न कांग्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।

​कार्यक्रममा शुभकामना मन्तव्य दिँदै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस लामो सङ्घर्ष, त्याग र बलिदानको बलमा उभिएको पार्टी भएको बताउनुभयो। “नेपाली कांग्रेस कुनै हल्ला वा भ्रमका आधारमा बनेको शक्ति होइन,” उहाँले भन्नुभयो, “यसको इतिहास पल्टाएर हेर्दा हजारौँ नेता-कार्यकर्ताले आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा तिलाञ्जली दिएर मुलुकका लागि योगदान पुर्‍याएको देखिन्छ।” उहाँले सत्ताको अवधिभन्दा पनि जनहितका कामलाई प्राथमिकतामा राखेर अघि बढ्न कांग्रेसलाई सुझाव दिनुभयो।

​त्यसैगरी, राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायतको अन्त्यदेखि वर्तमान संविधान निर्माणसम्म कांग्रेसले अभिभावकीय नेतृत्व प्रदान गरेको स्मरण गर्नुभयो। बदलिँदो राजनीतिक परिवेशमा कांग्रेस अझ बढी जिम्मेवार र सशक्त बनेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

​राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले देशको विशिष्ट राजनीतिक परिस्थितिमा आयोजना भइरहेको यो महाधिवेशनले कांग्रेसको आन्तरिक सुदृढीकरणका साथै राष्ट्रिय लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउन निर्णायक दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार