जनकपुरधाम, १० कात्तिक ।
बडा दसैँ सम्पन्न भएसँगै तराई-मधेसका जिल्लाहरूमा नजिकिँदै गरेको दिपावली (तिहार) तथा आस्थाको महापर्व छठका लागि तयारी तीव्र पारिएको छ। जनकपुर, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लाहरूमा सर्वसाधारणहरू घरआँगन सरसफाइ गर्ने र घर लिपपोतका लागि पँहेलो माटो संकलन गर्ने काममा जुटेका छन्।
तिहारका लागि माटाका पाला (दियो), बर्तन तथा छठ पर्वका लागि आवश्यक पर्ने नाङ्लो, ढकी, कोनिया जस्ता सामग्री निर्माण र बिक्रीवितरणका लागि स्थानीय बजारहरूमा चहलपहल निकै बढेको छ। स्थानीय प्रशासनले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण र बजार अनुगमनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।