सोमवार, कार्तिक ९ गते २०८३

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रसङ्ग: जलवायु न्यायका लागि यूएन महासचिवको गम्भीर आह्वान

बिहिवार , आश्विन ८, २०८३

काठमाडौँ। संयुक्त राष्ट्रसंघ (UN) को ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली देशहरूले भोग्नुपरेको असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ।

​महासभालाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले नेपालमा भर्खरै गएको भोटेकोशीको बाढी र वातावरणीय विनाशको उदाहरण दिँदै जलवायु संकट अब भविष्यको नभई वर्तमानको ठूलो जोखिम बनिसकेको बताउनुभयो। केही वर्षअघि नेपाल भ्रमणका क्रममा हिमालहरूको अवस्थाबारे चेतावनी दिएको स्मरण गर्दै उहाँले न्यून कार्बन उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका नेपाल जस्ता देशहरूलाई तत्काल क्षतिपूर्ति र जलवायु न्याय (Climate Justice) दिलाउनुपर्नेमा जोड दिनुभयो।

​यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क पुग्नुभएको छ। प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालको हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर, क्षतिपूर्ति र 'माउन्टेन एजेण्डा' लाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाउनुहुनेछ।

​भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका राष्ट्रप्रमुख, कूटनीतिज्ञ तथा यूएनका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरी हरित जलवायु कोष (GCF) र 'लस एण्ड ड्यामेज' कोषमार्फत नेपालले पाउनुपर्ने अनुदान र प्राविधिक सहयोगबारे छलफल गर्नेछ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार