विराटनगर, १९ असोज – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर तथा विराटनगरका स्थानीय खेलाडी ललित राजवंशीलाई ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले प्रायोजन (स्पोन्सर) गरेको छ। नेपाली खेलकुद र विशेष गरी क्रिकेटप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले राष्ट्रिय टोलीका प्रतिभाशाली खेलाडीलाई सहयोग गर्ने निर्णय गरेको हो।
कम्पनीले ललित राजवंशीका साथै राष्ट्रिय टोलीका अन्य केही उदीयमान तथा अनुभवी क्रिकेटरहरूलाई पनि प्रायोजन दायरामा समेटेको जनाएको छ। सम्झौता अनुसार ब्रान्डले खेलाडीहरूको खेल कौशल अभिबृद्धि, खेल सामग्री तथा व्यावसायिक विकासमा आवश्यक सहयोग पुर्याउनेछ।
नेपाली क्रिकेटमा निजी क्षेत्रको यस्तो सहभागिता र लगानीलाई खेल वृत्तमा निकै सकारात्मक कदमका रूपमा हेरिएको छ। राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य राजवंशीले स्पिन बलिङमार्फत थुप्रै खेलमा टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
विशेषज्ञहरूका अनुसार सरकारी लगानीको सीमाबीच निजी क्षेत्रबाट हुने यस किसिमको सहयोगले खेलाडीहरूलाई मानसिक तथा आर्थिक रूपमा मजबुत बनाउन ठूलो मद्दत पुर्याउँछ। यस्ता प्रायोजनले युवा प्रतिभाहरूलाई व्यावसायिक रूपमा क्रिकेटमै भविष्य खोज्न र देशको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राख्न थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ