मंगलवार, कार्तिक १० गते २०८३

डोनाल्ड ट्रम्पद्वारा चिनियाँ राष्ट्रपति सी जिनपिङको रातो कार्पेट र सैन्य फ्लाईओभरसहित भव्य स्वागत

बिहिवार , आश्विन ८, २०८३

FB_IMG_1790216718214.jpgजोइन्ट बेस एन्ड्र्युजमा उत्रिएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य शक्ति र उच्च कूटनीतिक सम्मानका साथ स्वागत गर्नुभएको छ।

तीन दिने ऐतिहासिक अमेरिकी भ्रमणका लागि पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकामा भव्य स्वागत  गरिएको छ। जोइन्ट बेस एन्ड्र्युजमा आयोजना गरिएको स्वागत समारोहमा रातो कार्पेट ओछ्याइनुका साथै अमेरिकी वायुसेनाका दुईवटा B-1 बमवर्षक विमानहरूले विशेष फ्लाईओभर प्रस्तुत गरेका थिए।

​अमेरिकी सैन्य शक्तिको मुख्य खम्बा मानिने B-1 सुपरसोनिक विमानहरूको गगनभेदी गर्जनसहित गरिएको यो स्वागतलाई केवल सम्मान मात्र नभई कूटनीतिक शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ।

​दुई शक्तिशाली राष्ट्रबीचको व्यापार, क्षेत्रीय सुरक्षा तथा वैश्विक अर्थतन्त्रका मुद्दाहरूमा छलफल गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो। उच्चस्तरीय वार्ताअघि दिइएको यो भव्य सम्मानले दुवै देशका प्रतिनिधिहरूबीच सकारात्मक सन्देश प्रवाह गरेको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार