बुधवार, कार्तिक ११ गते २०८३

काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीबाट घाइते चालकको मृत्यु, पहिचान भने खुल्न बाँकी

मंगलवार , आश्विन ६, २०८३

काठमाडौं —   त्रिपुरेश्वरमा बस आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

​‘     गएराति उपचारका क्रममा बस चालकको मृत्यु भएको छ,’ एसपी सुवेदीले भने।

​      मृतक रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक हुन्। तर, उनको वास्तविक पहिचान भने अझै खुल्न सकेको छैन।

​      यसअघि घटनाको प्रारम्भिक अनुसन्धान र भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा मृतक बागमती गाउँपालिकाका दावा लामा भएको अनुमान गरिएको थियो। घाइते अवस्थामा स्वयं ती व्यक्तिले पनि आफ्नो नाम दावा नै बताएको प्रहरीको भनाइ छ।तर, पछि वास्तविक दावा लामा प्रहरीको सम्पर्कमा आएर आफ्नो लाइसेन्स हराएको जानकारी गराएपछि मृतकको पहिचान अन्योलमा परेको हो।

​      एसपी सुवेदीका अनुसार अहिलेसम्म मृतकका कुनै पनि आफन्त सम्पर्कमा नआएकाले सनाखत हुन बाँकी छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी राखेको जनाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार