मंगलवार, कार्तिक १० गते २०८३

चार जना पक्राउ नौ क्विन्टलभन्दा बढी गाँजा

आइतवार , कार्तिक १, २०८३

सुनसरी, १ कात्तिकः
इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट  ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । 
 
उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले राससलाई बताउनुभयो ।
 
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार