इलाम, असोज २७ —
इलाम नगरपालिकाका नगर प्रमुख (मेयर) केदार थापालाई मातृशोक परेको छ। उनकी आमा कृष्णकुमारी थापाको ९९ वर्षको उमेरमा हिजो बिहान साढे १० बजे निधन भएको हो।
स्वर्गीय कृष्णकुमारी थापाका ३ छोराहरू केदार, सुशील र कुमार थापा हुनुहुन्छ।
उहाँको पार्थिव शरीरको अन्त्येष्टि आजै इलामस्थित सेतीदेवीको बिजुवानी घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। नगर प्रमुख थापालाई मातृशोक परेको खबर सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूले शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिरहेका छन्।