मंगलवार, कार्तिक १० गते २०८३

गुल्मीको रुरुक्षेत्रमा कालीगण्डकी र रिडी खोलाको त्रास: जोखिमयुक्त बस्ती सारिँदै

शनिवार , आश्विन १०, २०८३

गुल्मी — लगातारको वर्षासँगै कालीगण्डकी नदी र रिडी खोलामा पानीको सतह उच्च बनेपछि गुल्मीको रुरुक्षेत्रका स्थानीय बासिन्दा जोखिममा परेका छन्। तटीय क्षेत्रमा बाढीको खतरा बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ स्थित लामोचौपारी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न थालिएको छ।

​पानीको बहाव तीव्र बनेर बस्तीमा पस्ने जोखिम बढेपछि स्थानीयवासीले घरभित्रका खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण सामानहरू उच्च तथा सुरक्षित ठाउँमा सारिसकेका छन्। सम्भावित नोक्सानी रोक्न शुक्रबार रातिदेखि नै जनप्रतिनिधि र स्थानीय युवाहरूको टोली उद्धार तथा स्थानान्तरणमा खटिएको छ।

​रातभर खटिएर प्रभावित परिवारलाई सघाएको जानकारी दिँदै वडाध्यक्ष नवराज विकले जोखिममा रहेका घरहरूबाट सामान सार्न युवाहरूले सक्रियता देखाएको बताउनुभयो। स्थानीय प्रेम भण्डारीका अनुसार रातको समयमै युवाहरूको टोली परिचालन गरी जोखिममा परेका परिवारका सामान सुरक्षित स्थानमा पुर्‍याइएको हो।

​खोलामा पानीको मात्रा अझै बढ्न सक्ने आकलन गर्दै स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूले नदी र खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित ठाउँमा रहन विशेष आग्रह गरेका छन्

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार