काठमाडौँ। सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाह र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रातो कार्पेटमा सँगै हिँडिरहेको एउटा तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ।
उक्त तस्बिरमा प्रधानमन्त्री बालेन शाह कालो सुट, खादा र मालामा सजिएका छन् भने ट्रम्प नीलो सुट र रातो टाईमा देखिएका छन्। पृष्ठभूमिमा नेपाल र अमेरिकाको राष्ट्रिय झण्डाका साथै "बालन दाई" लेखिएका ब्यानर र आकाशमा ड्रोनहरू उडिरहेको देख्न सकिन्छ।
तर, यो तस्बिर कुनै वास्तविक कार्यक्रम वा औपचारिक भेटघाटको भने होइन। यो तस्बिर पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी सिर्जना गरिएको (AI-Generated Image) डिजिटल कला मात्र हो।
तस्बिरको माथिल्लो भागमा 'Nitesh Sahani' नामको वाटरमार्क देखिएकाले यो कुनै एआई आर्टिस्ट वा प्रयोगकर्ताले मनोरञ्जन तथा सिर्जनात्मक उद्देश्यका लागि बनाएको स्पष्ट हुन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस तस्बिरलाई निकै रोचक मान्दै सेयर गरिरहेका छन्।
एआइ तस्बिरहरू अहिलेसम्मकै भाइरल तस्बिरमा गनिन्छ।