मंगलवार, कार्तिक १० गते २०८३

त्रिपुरेश्वरमा बसमा भीषण आगलागी, चालक गम्भीर घाइते

सोमवार , आश्विन ५, २०८३

त्रिपुरेश्वरमा बसमा भीषण आगलागी, चालक गम्भीर घाइतेScreenshot_20260919_195612_Facebook.jpg
​काठमाडौँ, असोज ५ — राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरी राखिएको एक सार्वजनिक बसमा आइतबार भीषण आगलागी भएको छ। रिद्धि सिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको हो।  
​आगलागी हुनासाथ बसबाट ठूलो मात्रामा कालो धुवाँ र आगोको लप्का निस्किएको थियो। आगोको रापका कारण सडकमाथिका बिजुली र टेलिफोनका तारहरूमा पनि क्षति पुगेको छ।  
​घटना लगत्तै पुगेका सुरक्षाकर्मीहरूले बन्द रहेको बसको ढोका फुटाएर भित्र थुनिएका २५ वर्षीय चालक दावा लामाको उद्धार गरेका थिए। गम्भीर घाइते भएका लामालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित नेपाल बर्न अस्पताल लगिएको छ।  
​आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन। बसभित्रैबाट आगो सल्केको आशङ्का गरिएको र घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार